Duration 7:58

Excel मा Rank Formula लगाउन सिक्नुस् | How To Use Rank Formula In Excel | Nepali Book

7 582 watched
0
169
Published 27 Aug 2020

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : Excel मा Rank Formula लगाउन सिक्नुस् | How To Ise Rank Formula In Excel | Nepali Book यस भिडियोमा Ms Excel को एक महत्त्वपूर्ण र अत्याधिक प्रयोग गरिने Rank Formula सम्बन्धि सम्पूर्ण जानकारी प्रस्तुत गरिएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले Ms Excel मा हजारौं नम्बरबाट एक क्लिकमा number rank पत्ता लगाउन सक्नुहुनेछ । Ms Excel मा mark ledger, mark sheet लगायतका फाइलहरु बनाउदा विद्यार्थीहरुको position निर्धारण गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कैयौंले एक एक गर्दै हेरेर झन्झटिलो तरिकाले सम्पन्न गर्नुहुन्छ, त्यसो गर्दा गल्ती हुने सम्भावना पनि बढी हुन्छ । तर यो समस्याको समाधान excel ले एक क्लिकमा गरिदिन्छ, त्यसैले एक्सेलको यो फर्मुला हरेकले जान्नु आवश्यक छ । Rank पत्ता लगाउनमा समस्या परीरहेका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #Rank_Formula #In_MsExcel

Category

Show more

Comments - 19