आसन्न १४ औं महाधिवेशसनले नेपाली कांग्रेसले कस्तो नेतृत्व चयन गर्छ धेरैको चासो बढेको छ । नेतृत्व लिनको लागि केहि नेताहरु अगाडी पनि सरेका छन । तर, लामो समय मूल नेतृत्व हाँकेका देउवा र पौडेल नै उनीहरूका लागि मूल चुनौती बन्ने पक्का छ । साथै नेतृत्वका अकांक्षीहरुले लिने अडानले पनि नेपाली काँग्रेसको आगामी दिशा निर्देश गर्नेछ ।
प्रतिनिधि सभा विघटन विरुद्धको मुद्यामा अदालतमा बहस चल्दै गर्दा बाहिर केपी शर्मा ओली र विपक्षी बिच आरोप प्रत्यारोपको दोहोरी पनि चल्दै छ । ओलीले मौका पाउना साथ आफ्नो कदमको बचाउ गर्दै विपक्षी माथी खनिरहेका छन । प्रतिनिधि सभा विघटन विरुद्धको फैसलाको लागि भने अझ केहि समय पर्खिनु पर्ने छ । गाउँगाउँमा सिंहदरबारको अधिकार स्थापना गराउने नारा बोकेर स्थापित स्थानिय तहमा भन्ने भ्रष्टाचार मौलाएको तथ्य त बेला बेलामा बाहिर आउने गर्दथ्योनै । हुँदाहुँदा कतिपय स्थानिय तहले बजेट समेत ल्याउन नसकदा स्थानिय तह प्रति जनताको नैराश्यता बढदै गएको छ । यो सँगै स्पोर्टस र इन्टरनेश्नल न्युज पनि आजको बुलेटिनमा प्राथमिकताका साथ समेटेका छौँ ।
प्राइमटाइम न्यूजका हेड्लाइन्स
१. प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सुनवाइ निरन्तर, राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउन सकिने कानुन व्यवसायीहरूको दाबी ।
२. नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीहरू सक्रिय, कोइराला—निधि र सिंह छलफलमा, पौडेलले पनि गरे गुट भेला ।
३. पूर्वप्रधानमन्त्रीहरुले विदेशी हस्तक्षेपलाई खुलेआम आमन्त्रण गरेको प्रधानमन्त्री ओलीको आरोप, राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलेको भन्दै आक्रोश व्यक्त ।
४. नेपाली भूमि भएर बग्ने गण्डक नहर भारतीय हितमा बढी प्रयोग, नेपालको हजारौ विगाहा भूमी बर्खा लागेसँगै सँधै डुबानमा ।
५.र. देशभरका दश प्रतिशत स्थानीयतहले बजेट ल्याउन सकेनन्, स्थानीय तहमा राजनीतिक विवाद र आन्तरिक मनमुटावले बजेट संकटमा ।
SUBSCRIBE:
/user/news24tvchannelhttps://www.instagram.com/nbcnepal/https://www.tiktok.com/@ news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews